काठमाडौं / शिक्षक सेवा आयोगले प्राथमिक तहको हालसम्म ४६ जिल्लाको नतिजा प्रकाशन गरेको छ । आयोगले देशभर प्राथमिक तहमा रिक्त रहेका पदहरुको स्थायी पदपूर्ति गर्नको लागी गत वर्ष असोजमा लिएको प्राथमिक तहको हालसम्म ४६ जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले स्थायी पदपूर्तिका लागी लिएको लिखित परिक्षको नतिजा प्रत्येक दिन राति निकाल्ने गरेको छ ।

सुर्खेत, खोटाङ, सिरहा, जाजरकोट, सोलुखुम्बु, बर्दिया, बाँके, प्युठान, ओखलढुंगा, सप्तरी, दैलेख, डोल्पा, उदयपुर, भोजपुर, संखुवासभा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, तेह्रथुम, सुनसरी र धनकुटाको नतिजा प्रकाशन गरेको हो । यस्तै अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डोटी, झापा, मोरङ, बाजुरा, बैतडी, डडेल्धुरा, ईलाम, पाँचथर, ताप्लेजुङ र दार्चुलाको नतिजा प्रकाशन गरिसकेको छ ।

यस्तै आयोगले बिहिबार राति मात्रै महोत्तरी, धनुषा, रोल्पा र दाङ जिल्लाको नतिजा प्रकाशन गरेको थियो भने, शुक्रबार राति पनि आयोगले रुकुम, मुस्ताङ, म्याग्दी, कपिलबस्तु, पर्वत र सल्यान जिल्लाको नतिजा प्रकाशन गरेको हो । अब यो सँगै ४६ जिल्लाको नतिजा प्रकाशन भएको छ । आयोगले अन्य जिल्लाको नतिजा पनि क्रमस निकाल्ने क्रम जारी रहेको बताएको छ ।

नतिजा हेर्नलाई यहा क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया

trusted online casino malaysia