- नसीम अन्सारी

भुटाहा। सुनसरीकाे हरिनगर गाउँपालिकामा गाउँपालिका भरिका सबै सामुदायिक र धार्मिक विद्यालयमा १ सात देखि विभिन्न कार्यक्रमको आयाेजना गरि बाल दिवस मनाउने तयारी गरेको हरिनगर गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जानकारी दिएको हाे। भदौ २९ गते आईतबार राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि नमुना हरिनगरा उच्च मा.वि हरिनगरामा गाउँपालिकाभरी सबै विद्यालयको संयुक्त उपस्थितिमा मनाइएको हो।

विद्यालयहरुले “सुनिश्चित बाल अधिकार समृद्ध नेपालकाे अधार, बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ बाल दिवस मनाइएको थियो। हरिनगर गाउँपालिका अध्यक्षता एवं १ नम्बर प्रदेशका सांसद हाजि ताहिर अन्सारीकाे प्रमुख आतिथ्यामा दिवस मनाइएको हो । कार्यक्रममा सम्पुर्ण वडाका जनप्रतिनिथिहरु, विद्यालयका प्रअ तथा शिक्षक, प्रहरी प्रमुख, पत्रकार बुद्धिजीवी, समाजसेवी लगायतको सहभागीता रहेको थियो । बालदिवसका अवसरमा विभिन्न प्रतिभामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia