- अन्सार अन्सारी

हरिनगर । हरिनगर गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । सुनसरीको हरिनगर गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँ योजना ल्याएको र बिहिबार दोस्रो दिनको कार्यक्रम दुईवटा विधालयमा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेको सामुदायिक विधालयहरु गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रम गरेको हो। गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रममा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले हरिनगर गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुका विद्यार्थीहरु परिक्षामा असफल हुनुको के कारणहो त्यो जरा सम्म पुगनको लागि यो कार्यक्रम आउँदो दिनहरु यो भन्दा पनि राम्रोसँग गर्ने बताए । बिहिबारको कार्यक्रम दुईवटा बिधालय मा.वि. बसन्तपुर र बाल कृष्ण उच्च माध्यमिक बिधालय भुटाहामा गरेकोछ। मा.वि. बसन्तपुरका विद्यार्थीहरुले बिधालयमा खानेपानी, खेलमैदान, शिक्षकको अभाव, कक्षाकोठा, साइन्स ल्याब जस्ता कुराहरूमा सुधार गर्नुपर्ने गाउँपालिका अध्यक्षलाई बताए ।

गाउँपालिका अध्यक्षले केहि दिनमै खेलमैदान र ससाना कुराहरुको समाधान हुन्छ र खानेपानीको व्यवस्थापन वडा नम्बर ५ बसन्तपुरका वडा सदस्यले तुरुन्त व्यवस्थापन गरेको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताए । श्री बाल कृष्ण उच्च माध्यमिक विद्यार्थीहरुले शिक्षाको अभाव र कक्षाकोठाको अभावका कारण एउटा कोठामा ६०–७० जना विद्यार्थीहरु बस्न बाध्य रहेको बताए, खेलकुद सामग्री, साइकल पार्किङ जस्ता कुराहरू राखेका थिए । गाउँपालिका अध्यक्ष गफार अन्सारीले भने हामी बाट हुन सक्ने समस्याहरुको सम्धान गर्छौ र व्यवस्थापन समित बाट हुन सक्ने समाधान पनि गराउन छु । अध्यक्ष अन्सारीले भने शिक्षाकहरुले टिफिन पछी बिधालयमा विद्यार्थीहरु कक्षाकोठामा पढाउन आएन भने गाउँपालिकामा विद्यार्थीहरुले निवेदन दिदा तुरुन्त त्यस शिक्षकलाई कार्वाही गर्छु तर टिफिन पछी विद्यार्थीहरु पनि बिधालयमा बस्न जरुरी छ । आउँदो दिनमा विद्यार्थी र अभिभावकहरु सहितको कार्यक्रम गर्ने अध्यक्ष अन्सारीले बताए । कार्यक्रममा गाउँकार्यपालिका सदस्य तथा शिक्षा समिति सदस्य सुशील कुमार ठाकुर, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अजित कुमार मल्लिक, बिधालयहरुका प्र.अ. शिक्षकहरु, बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया

trusted online casino malaysia