- संगम बिष्ट

चतरा। गाउँका नेताको रुपमा कुशल छवि बनाएका सुनसरी क्षेत्र नं ४ का प्रत्यक्ष निर्वाचित संसाद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले वराहक्षेत्र नगरपालिकाका विभिन्न सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक साम्रागी उपहार स्वरुप प्रदान गरेका छन् ।

नेपाल सरकारका पुर्व अर्थ मन्त्री समेत रहेका कार्कीको यो शैक्षिक साम्रागी पहिलो भन्ने हैन । सांसद हुनु भन्दा अगाडि वा भइसके पछि गरिबलाई गाँस, बिद्यार्थीलाई शैक्षिक साम्रागी , जनतालाई बिकासको योजना उपहार स्वरुप प्रदान गर्न रुचाउने कार्कीले वराहक्षेत्र ६ मा रहेको महेन्द्र माध्यमिक बिद्यालय चक्रघटी, सप्तकोशी आधरभुत बिद्यालय ढाकुरबारी, लालिगुरास बाल बिकास केन्द्र, भानु आधारभुत बिद्यालय आइतबारे, वडा नं ७ का बसन्त ऋतु माध्यमिक बिद्यालय देबिधाट, महेन्द्र माध्यमिक बिद्यालय तित्रिगाछी र हनुमान झोरा आधारभुत बिद्यालयलाई बिद्यालय पोसाक, झोला, गणितीय साम्रागी कार्कीको पहलमा राष्ट्रिय अपाङ्गता पुनस्र्थापना केन्द्र (सि.एफ.पि.ए.ने.) संस्थाको आर्थिक सहयोग उपल्बध भएको नेपाली कांग्रेसका क्षेत्र ४ का सचिव रमेश कार्कीले बताए ।

सचिव कार्कीका अनुसारमा महेन्द्र मा बि चक्रघटीमा २०२ बिद्यार्थी, लालिगुरासमा ३३ बिद्यार्थी, सप्तकोशीमा ९१ जना बिद्यार्थी, भानुमा २४९ जना बिद्यार्थी, महेन्द्र मा बि तित्रिगाछीमा ५७५ जना बिद्यार्थी, हनुमानझोडामा ८१ जना बिद्यार्थी र बसन्त ऋतु माबिमा ३२२ जना बिद्यार्थीहरुलाई झोला तथा शैक्षिक साम्रागी उपलब्ध गराएको बताए । झोला तथा शैक्षिक साम्रागी प्रती विद्यार्थी करिब आठ सय रहेको अपाङ्गता पुनःस्थापना केन्द्रका प्रतिनिधि कृष्णप्रसाद ढकालले बताए । संसाद कार्कीले यस भन्दा अगाडी कोशी माध्यमिक बिद्यालयमा शैक्षिक साम्रागी, जनक माध्यमिक बिद्यालय सालबनीमा कम्युटरका साम्रागी, मधुबनमा निम्न आय तथा आग लागि पडिति बिद्यार्थीलाई शैक्षिक साम्रागी, सप्तकोशी बहुमुखी क्यापसमा २ जना बिद्यार्थी अध्यन गराउदै शिक्षा क्षेत्रको बिकासमा अग्रसर भइरहेको क्षेत्र नं ४ प्रदेस सभा ‘क’ का सभापती उपेन्द्र बहादुर कट्बालले बताए ।

तपाईको प्रतिक्रिया