लौकही । सुनसरीको कोशी गाउँपालिकाले सोमबार जामियाजैनब रजि लिल बनात मदरशामा सिलाईकटाई मेसिन हस्तान्तरण गरेको छ। कोशी गाउँपालिका ४ जुद्दगंजमा रहेको उक्त मदरशामा एक कार्यक्रमका बिच कोशी गाउँपालिकाले हस्तान्तरण गरेको हो। जामियाजैनब रजि लिल बनात कोशी गाउँपालिका ४ जुद्दगंजका छात्राहरुको स्तर उन्नतिकोलागि र आत्मनिर्भर जिवानयापनमा सजह होस भन्ने उद्देश्यले कोशी गाउँपालिकाले जम्मा १० थान सिलाईकटाई मेसिन हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अंसारी बिशिस्ट अतिथि कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता देबि यादव अतिथीमा कोशी गाउँपालिका ४ का वडा अध्यक्ष मोहम्मद नेपाली आमिन मिया तथा मदरशाका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम संचालन समाजिक बिकास शाखाका प्रमुख राज किशोर मेहताले गरेका थए भने कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अंसारी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थिए।








