कतार सरकारको राष्ट्रिय दिवसको सन्दर्भ पारी इनरुवामा विविध कार्यक्रमको आयोजना गरिएको छ । कतार च्यारिटी ट्रष्टले इनरुवामा सरोकारवालाहरुको उपस्थितिमा गरिव विपन्न, अपाङगता भएका र टुहुरा बालबालिकाहरुलाई पुरस्कार वितरण लगायतको कार्यक्रम आयोजना गरेको हो ।

हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल इनरुवाको आयोजनामा कतारको राष्ट्रिय दिवश मनाइएको हो । कतार च्यारिटी ट्रस्टले सुनसरीमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।कार्यक्रममा इनरुवा नगरपालिकाका मेयर राजन मेहता, हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्टका अध्यक्ष मौलाना हारुन खान, कतार च्यारिटी ट्रष्टका आर्थिक विभागका प्रमुख तवरेज आलम लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरु, शिक्षकहरु, विभिन्न क्षेत्रमा योगदान दिदै आएका सामाजिक अगुवाहरुलाई सम्मान र मायाको चिनो प्रदान गरिएको कार्यक्रम संयोजक हजरत हुसैनले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia