slc-660x330

३ माघ, भक्तपुर । सरकारले प्रवेशिका परीक्षामा यस वर्षदेखि लागू गरेको अक्षराङ्कन प्रणाली बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने उद्देश्यले आइतबारदेखि नमुना प्रवेशिका परीक्षा सुरु भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरअन्तर्गत रहेका विद्यालयबाट आगामी चैत १८ गतेदेखि सुरु हुने परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नमुना परीक्षा सञ्चालन गरिएको प्याब्सन भक्तपुरका उपाध्यक्ष श्रीकृष्ण केसीले जानकारी दिए ।

‘लेटर ग्रेडिङ सिस्टम’का बारेमा विद्यार्थी तथा अभिभावक अझै पनि अलमलमा रहेकाले त्यस्तो अलमललाई हटाएर सहयोग पुर्याउने उद्देश्यले जिल्लामा १० परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरिएको उनले बताए ।

उपाध्यक्ष केसीले भने-‘यो परीक्षा कक्षा १० को टेस्ट वा प्रिएसएलसी होइन, सरकार, विद्यार्थी र अभिभावकलाई सहयोग पुग्ने गरी लेटर ग्रेडिङ प्रणालीको नमुना एसएलसी परीक्षा मात्रै हो ।’

त्यसैगरी राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याब्सन) भक्तपुरले पनि यही माघ १४ गतेदेखि यस्तै परीक्षा सञ्चालन गर्ने भएको एन प्याब्सन भक्तपुरका अध्यक्ष जिबी खड्काले जानकारी दिए ।इसान भक्तपुरले पनि इसानअन्तर्गत रहेका विद्यालयका विद्यार्थीका लागि यस्तो परीक्षा सञ्चालन गरेको छ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia