trusted online casino malaysia
trusted online casino malaysia

बर्दियाको बढैयाताल गाउँपालिका-३, सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । अरु तीन जना गम्भीर घाइते छन् ।सोमबार बेलुका करिब ८ बजे भे १ क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडि आगो तापिरहेका पाँच जनालाई एकसाथ ठक्कर दिएको थियो ।दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा राति पौने १० बजे मृत्यु भएको जनाइएको छ ।

सोही दुर्घटनामा घाइते भएका स्थानीय ३५ वर्षीया प्रमीला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का १९ वर्षीय लक्ष्मण सुनारको सोही नर्सिङहोममा उपचार भइरहेको छ ।टिपर चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दिएको छ । मापसे गरेर टिपर चलाएको हुनाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia