राजविराज । भारतबाट भंसार छली नेपाल तर्फ ल्याउँदै गरेको अबैद्य रजनीगन्धा र किरानाको समान सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ स्थित  बीआर ५००७०८९ नम्बर को भारतीय मोटरसाईकिल सहित रजनीगन्धा र किराना सरसमान गरी जम्मा १ लाख ६४ हजार १ सय २० मुल्य बराबरको  अबैद्य समान  सप्तरी प्रहरीले विहीबार नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालक मोटरसाइकल छाडी भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।बरामद् गरिएको मोटरसाईकल र अबैद्य समान सहित कारवाहीको लागि राजबिराजस्थित तिलाठी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia