- दिलिप कुमार साह

राजविराज । जन जागरण सहकारी संस्था लिमिटेड कञ्चनरुप सप्तरीको १८ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।समाजलाई परिवर्तन गर्न सहकारीले आर्थिक क्रान्ति गर्नुपर्ने भन्दै साधारण सभाको उदघाटन गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले जोड दिनुभयो । सहकारी नाफामुखी नभई सेवामुखी भएर जनताको सुख दुखमा साथ दिनुपर्ने बताए।

आगामि दिनमा सहकारी र नगरपालिकाले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानका लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा वडा नम्बर –६ का वडा अध्यक्ष बच्चुलाल चौधरीले व्यक्त गर्नुभयो । उनले सहकारीले समाजको हरेक क्षेत्रमा राम्रो काम गरी नमूना बन्नुपर्नेमा जोड दिनुभयो । वडा नम्बर –७ का वडा अध्यक्ष समानन्द चौधरी, पूर्व अध्यक्ष मुखालाल चौधरी, कृषि शाखाका संयोजक बेचन सढोक यादव, लेखा शाखाकी रन्जना चौधरी लगायतका वक्ताहरुले यस जन जागरण सहकारीले वास्तवमा यस क्षेत्रको जनताको कल्याण गरेको अनुभूति भएको बताउँदै आगामी दिनमा अझ राम्रो काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँहरुले सहकारीहरु संख्यात्मक भन्दा गुणात्मक तरिकाले बृद्धि भई शेयर सदस्यहरुको जीवन उकास्ने कार्यक्रममा जोड दिनुपर्ने आवश्यक रहेको औंल्याउनु भएको थियो ।

सहकारीका अध्यक्ष देवनारायण चौधरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष खुशीलाल चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा आर्थिक वर्ष २०७८÷०७९ मा २ करोड १ लाख ६३ हजार २ सय ७३ रुपियाँ ७९ पैसा आय र २ करोड १ लाख ६३ हजार २ सय ७३ रुपियाँ ७९ पैसा व्यय भएको आयव्यय प्रस्तुत गरिएको थियो भने १ करोड ६३ लाख ७ हजार ४ सय ८२ रुपिया ९७ पैसा आम्दानी रकेको जानकारी गराइएको थियो । १ सय ५० जना पुरुष र २ सय ५ जना महिला री जम्मा ३ स ५५ जना शेयर सदस्यहरु रहेको र ८ लाख ८६ हजार ६ सय रुपियाँ शेयर पूँजी रहेको जानकारी साधारण सभामा गराइएको थियो ।

सहकारीमा आई मलखाद्य खरिद गर्ने ५ जना किसानहरु र ५ जना शेयर सदस्यहरु लाई गोला प्रथाद्वारा पुरस्कृत समेत गरिएको थियो । निम्न आय भएका किसानका छोराछोरीहरुले राम्रोसँग शिक्षा हासिल गरुन भनेर सहकारीले राजाजी जनजागरण एकेडेमी बोर्डिङ्ग स्कुलमा २५ प्रतिशत लगानी गरेको समेत जानकारी गराइएको थियो । स्वागत मन्तव्य सहकारीकी सचिव हेमलता चौधरीले गर्नुभएको थियो भने सहकारीका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia