६ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार विश्वासको मत लिंदैछन् ।दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए । आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।४० सदस्यीय कर्णाली प्रदेश सभामा पुस २७ गते प्रदेश सभाका पाँचमध्ये चार दलका २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।शर्मालाई नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०,  राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका एक/एक जनाको समर्थन छ ।विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने बताउँदै आएका शर्माले सातवटा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएका छन् ।शर्माले विनाविभागीय मन्त्रीको रूपमा एमालेलेका विनोदकुमार शाह र माओवादी केन्द्रका मंगलबहादुर शाही नियुक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia