नेपालको पश्चिमी क्षेत्रमा साेमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीका कारण साेमबार रातिबाट नेपालको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने अनुमान गरेको छ ।माहाशाखाका अनुसार साेमबार साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने र जसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुने छ ।मंगलबार दिउँसोदेखि हिमपात र वर्षा हुने अनुमान पनि गरिएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना देखिएको छ भने दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।।हाल काठमाडौं उपत्यकाको मौसम भने सफा देखिएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका ल...
समानुपातिकतर्फ घण्टीको वर्चस्व, माटोले ल्यायो ३ लाख मत
काठमाडौं — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ। मतगणनाक...
आचारसंहिता उल्लङ्घनमा पाँच उम्मेदवार र दुई सङ्घलाई आयोगको स्पष्टीकरण माग
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच उम्मेदवार र दुई सङ्घसंस्थालाई स्पष्टीकरण माग गरेको छ। आ...
क्यूआर भुक्तानीमा ठगी बढ्दा राष्ट्र बैंकको सतर्कता आग्रह
काठमाडौं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि ...
नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इनरुवा— नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। इन्सेक सुनसरीले आयो...
सिमरामा झडपपछि विमानस्थल बन्द, अवस्था तनावग्रस्त
बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ। काठमाडौँबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेत सिमरा जाने ...








