नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसकेका छन् । प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पुर्याएपछि माओवादीले दुई मन्त्री पाउँदैछ । जुग्जाली म्याग्दीको प्रदेशसभा क्षेत्र (२)बाट निर्वाचित भएका थिए ।उनान्चालीस वर्षीय उनी माओवादी केन्द्रको म्याग्दी जिल्ला संयोजकसमेत हुन् । मालिका गाउँपालिका–७ का जुग्जाली विसं २०७४ को स्थानीय तह चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । जुज्जाली सहिद परिवारको सदस्य हुन् ।पार्टीले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरे पनि कुन मन्त्रालय पाउने भन्ने अझै टुङ्गो नलागेको माओवादी केन्द्रले जनाएको छ । सो पार्टीबाट सुशीला सिम्खडा र माओवादीको चिह्नबाट गोरखामा चुनाव जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा पनि मन्त्रीका लागि आकाङ्क्षी थिए ।सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउने बताए । “कुन मन्त्रालय कसले पाउने भन्ने विषय अझै छलफलमै छ, अब जतिसक्दो चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ”, उनले भने । गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।बिनाविभागीय मन्त्रीको हैसियतामा माओवादी केन्द्रका हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् । एमालेले थप दुई मन्त्री सरकारमा पठाउनेछ । मन्त्रालय घटाउने निर्णयसँगै एमाले र माओवादीका गरी अब तीन मन्त्रीमात्र नियुक्त हुनेछन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका ल...
समानुपातिकतर्फ घण्टीको वर्चस्व, माटोले ल्यायो ३ लाख मत
काठमाडौं — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ। मतगणनाक...
आचारसंहिता उल्लङ्घनमा पाँच उम्मेदवार र दुई सङ्घलाई आयोगको स्पष्टीकरण माग
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच उम्मेदवार र दुई सङ्घसंस्थालाई स्पष्टीकरण माग गरेको छ। आ...
क्यूआर भुक्तानीमा ठगी बढ्दा राष्ट्र बैंकको सतर्कता आग्रह
काठमाडौं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि ...
नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इनरुवा— नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। इन्सेक सुनसरीले आयो...
सिमरामा झडपपछि विमानस्थल बन्द, अवस्था तनावग्रस्त
बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ। काठमाडौँबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेत सिमरा जाने ...








