काठमाडौं । यसअघि ह्वाट्सएप प्रयोगकर्ताहरुले आफ्नो ह्वाट्सएप अकाउन्टलाई स्मार्टफोनसँगै एउटा डेस्कटपमा पनि जोड्न सक्दथे । तर पछिल्लोपटक ह्वाट्सएपले एउटा नयाँ फिचर थपेको छ, जसबाट प्रयोगकर्ताले आफ्नो एउटा ह्वाट्सएप अकाउन्टलाई अरु डिभाइसहरुमा पनि लगइन गर्न सक्दछन् । ह्वाट्सएपको उक्त फिचरको नाम companion mode हो । यो फिचरको सहयोगले एउटा नम्बरको ह्वाट्सएप अकाउन्टलाई एकसाथ चारवटा डिभाइसमा चलाउन सकिन्छ । यद्यपि यो फिचरको बेटा भर्सन तत्कालका लागि केही एन्ड्रोइड प्रयोगकर्तालाई मात्र उपलब्ध गराइएको छ । जब तपाईंले आफ्नो फोनमा ह्वाट्सएप इन्स्टल गर्नुहुन्छ तब क्यूआर कोडबाट आफ्नो अकाउन्टलाई अर्को डिभाइसमा पनि लिंक गर्ने विकल्प उपलब्ध हुन्छ । यसका लागि ह्वाट्सएप विन्डोको दायाँ माथिपट्टि रहेको तीनथोप्ले मेन्यूमा ट्याप गर्नु पर्दछ ।

दुईवटा डिभाइसमा आफ्नो ह्वाट्सएप अकाउन्ट जोड्नका लागि के गर्ने ?

1. आफ्ना दुबै डिभाइस (कम्प्युटर र मोबाइल फोन) मा ह्वाट्सएपको सबैभन्दा पछिल्लो बेटा भर्सन इन्स्टल गरी साइनअप गर्नुहोस् ।
2. त्यसपछि लगइन गरी माथिपट्टिको दायाँ कुनामा रहेको तीनवटा थोप्लायुक्त मेन्युमा जानुहोस् ।
3. त्यसपछि companion mode मा रहेको Link a Device अप्सनमा थिच्नुहोस् । यसो गर्दा क्यूआर कोड सिर्जना हुन्छ ।
4. त्यसपछि दोश्रो डिभाइसको ह्वाट्सएपभित्र Link a Device मा जानुहोस् र पहिलो डिभाइसको क्यूआर कोड स्क्यान गर्नुहोस्
5. त्यसपछि च्याटहरु सिंक भएसँगै तपाईंको ह्वाट्सएप अकाउन्ट ती दुबै डिभाइसमा लिंक हुन्छ ।

ह्वाट्सएप अकाउन्ट कुन कुन डिभाइसमा जोडिएको छ भन्ने कसरी थाहा पाउने ?

1. आफ्नो फोनमा रहेको ह्वाट्सएप खोल्नुहोस्
2. माथिल्लो भागमा दायाँपट्टि छेउमा रहेको तीनथोप्ले मेन्यु बटनमा ट्याप गरी ीष्लपभम म्भखष्अभक अप्सनमा ट्याप गर्नुहोस्
3. त्यसपछि तपाईंको ह्वाट्सएप अकाउन्टसँग जोडिएका डिभाइसहरुको सूचि देखिनेछ ।
4. यदि तपाईंलाई त्यसमध्ये कुनै डिभाइस हटाउनुपर्नेछ भने त्यहीँबाट हटाउन सक्नुहुन्छ ।

अनलाईन खबरको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia