इनरुवा । इनरुवा नगरपालिका–९, बबियास्थित सरस्वती माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक कार्ययोजना बनाउन सुरु गरेको छ ।

सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर दिन सकिने सन्देशसहित विभिन्न योजना तथा कार्यविधि निर्माणमा जुटेको प्रधानाध्यापक श्यामदेव मेहताले जानकारी दिनुभयो ।

उहाँका अनुसार शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा छलफल गरी वार्षिक कार्ययोजना बनाउन सुरु गरिएको हो । स्थानीय जनप्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रिया कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय अनिवार्य रूपमा २२० दिन खोल्ने र न्युनतम १९२ देखि २१० दिन पठनपाठन गर्ने गराउने, कक्षागत, तहगत, विषयगत र शिक्षकगत सिकाइ उपलब्धि विश्लेषण गरी शिक्षण सुधार योजना तथा वार्षिक शैक्षिक योजना तयार गरी कार्यान्वयन गर्ने सहमति भएको छ ।

प्रधानाध्यापकसहित सबै शिक्षकलाई दैनिक पाठ योजना र पाठ नोट तयार गर्न तथा प्रत्येक दिन विद्यार्थी र सिकाइ डायरीमा अभिलेखीकरण गर्ने÷गराउने गरी डायरी वितरण गरिएको थियो । प्रअ मेहताले शिक्षकहरूलाई पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका तथा अन्य सन्दर्भ सामग्रीहरूको अधिकतम उपयोग गर्ने गराउने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia