BP-Koirala२८ माघ काठमाडौं । कुनै बेला हलिउडको हिरो हुन्छु भन्ने सपना बोकेका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले आफ्नो फिल्मी हिरो हुने इच्छा त पुरा गर्न सकेनन्, तर राजनीतिमा लागेर भने उनी हिरो नै बने । रियल लाइफमा फिल्मको हिरो नबने पनि नेपाली फिल्म प्रति उनको चासो बढी नै थियो । उनीसँगको भेटघाटमा फिल्मकर्मीहरु पनि यही कुरालाई पाउँथे ।
वरिष्ठ फिल्मकर्मी यादव खरेलले कोइरालाको हलिउड हिरो बन्ने सपनाको बारेमा आफूले सुने पनि उनको फिल्म क्षेत्रप्रतिको लगाव भने कमै पाएको दाबी गर्छन् । ‘उहाँको बारेमा मैले जे सुनेको थिएँ, त्यो व्यवहारमा पाइन, बरु मैले उहाँसँग सल्लाह गरेर नेपालमा भएको प्रजातान्त्रिक आन्दोलनको विषयलाई समेटेर एउटा फिल्म निर्माण गर्नका लागि प्रस्ताव राखेको थिएँ, त्यो फिल्ममा बीपीलाई मुख्य पात्र बनाएर काम गर्ने योजना बनाएका थियौं जुन कुरामा उहाँले सहमति पनि जनाईसक्नु भएको थियो,’ यादवले सम्झिए, ‘त्यसका लागि उहाँकै संयोजकत्वमा फिल्म निर्माण समिति बनाएका थियौं, जसमा बीपीका पूत्र श्रीहर्ष कोइराला सदस्य सचिव हुनुहुन्थ्यो, फिल्म बनाउनका लागि बीपीको प्रजातान्त्रिक आन्दोलनको दस्तावेज खोज्ने काम पनि सुरु भएको थियो, तर पछि खै के भयो कोनी त्यो काम अगाडि बढ्न नै सकेन ।’ उनले कोइरालाको निधनले नेपाली कला क्षेत्रलाई क्षति पुगेको बताए । कोइरालाले वीपिको कथामा फिल्म बनाउने विषयमा चासो पनि देखाएको उनको बुझाई छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई कोइरालाले फिल्म क्षेत्रमा निकै चासो देखाएको अनुभव सुनाउँछन् । उनले आफूसँगको भेटघाटमा कोइरालाले आफ्नो कला क्षेत्रको चासोबारे बताउने गरेको खुलाए । ‘उहाँ हलिउडमा हिरो हुन्छु भनेर २० वर्षसम्म भारतमै बस्नुभयो, उहाँले मलाई त्यो बेला आफूले नाटक लेख्ने गरेको कुरा सुनाउनुहुन्थ्यो,’ राईले सम्झिए, ‘नेपालमा रहँदा हामी फिल्मकर्मीहरुले समय माग्दा तुरुन्तै समय दिनुहुन्थ्यो, जुन देशमा कला र संस्कृतिको विकास हुन्छ, त्यो देशको विकास हुन बढी समय लाग्दैन भन्ने विचारधाराको हुनुहुन्थ्यो ।’
आफू प्रधानमन्त्री भएकै बेला कोइराला जननायक बीपी कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’ माथि बनेको फिल्म ‘तीन घुम्ती’ हेर्न जय नेपाल हल आएका थिए । फिल्मको निर्देशन बाबुराम ढकालले गरेका हुन् । पूरै समय फिल्म हेरेका उनले फिल्मकी प्रमुख नायिका गरिमा पन्तसँग पनि भलाकुसारी गरेका थिए ।हाम्राकुराबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia