trusted online casino malaysia
trusted online casino malaysia

तपाईंहरूले असार/साउनमा भ्यागुता कराएका सुन्नुभएकै होला। प्राय: वर्षाको बेला उनीहरू कराउँछन्।भ्यागुता कराउन थालेपछि अब पानी पर्छ भन्ने किसानहरूले पनि सहजै अनुमान लगाउछन । कतिपयले ठान्छन् कि भ्यागुताले पानी पार्छन्, ती कराएपछि पानी पर्छ। त्यसैले लामो समयसम्म खडेरी पर्दा भ्यागुताको बिहे गरिदिएको पनि हामीले देखे/सुनेकै छौँ। तर यसमा वैज्ञानिक सत्यता छैन। भ्यागुता कराएर पानी पर्ने होइन, बरु पानी पर्नलायक मौसम बनेपछि उनीहरू कराउने हुन्।

यो सामान्यतया सम्भोगसँग सम्बन्धित छ। भ्यागुताहरू वर्षाको समयमा, कहिलेकाहीँ पानी पर्नुअघि कराउँछन्। असार/साउन अर्थात् विशेषत: वर्षाको समय भ्यागुताको सम्भोगको मौसम हो। यो बेला नर भ्यागुता पोथी भ्यागुतालाई सहवासका लागि आकर्षित गर्न शान्त आवाज निकाल्न सक्दो प्रयास गर्छन्। पोथी भ्यागुता कराउँदैनन्।

भ्यागुताको अनौठो प्रजनन चक्र हुन्छ। वर्षाको बेला न्यानो तापक्रममा धेरै खाना खाएको बेला भ्यागुताहरू धेरै सम्भोग गर्छन्। जाडो महिनामा कम तापक्रम, खाद्यान्न अभाव र कम वर्षाको चपेटामा भ्यागुता पर्छन्। उनीहरू जमिनमुनि बस्छन्। तर जब तापक्रम बढ्दै जान्छ उनीहरू सक्रिय हुँदै जान्छन् र जमिनमाथि आउँछन्। स-साना खाल्डा र पोखरीहरूमा पानी जम्छ। पानी पोथी भ्यागुताकका लागि अण्डा राख्न उत्तम ठाउँ हो।

भ्यागुताका लागि वर्षाको अर्को फाइदा भनेको खानाको प्रशस्तता हो। यो बेला गड्यौँलादेखि अन्य किराहरू हुन्छन्। जुन भोका भ्यागुताका सिकार हुन्। सामान्यतया तीनदेखि चार हप्तासम्म एक स्वस्थ भ्यागुता खानै नखाई बाँच्न सक्छ। चिसो मौसममा आहार अभावले लामो समयसम्म यी भोका हुन्छन्। तर वर्षा लागेसँगै यिनलाई आहारको कमी हुन्न। त्यसैले अतिरिक्त आहार यो समयमा भ्यागुताले लिन्छन्। खानाको बढ्दो मात्रा भ्यागुताहरू सम्भोगका लागि तयार हुनु हो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia