भण्टाबारी ।  सप्तकोसी नदिबाट आफ्नो ज्यानको प्रवाह नगरी डुब्न लागेका व्यक्तिको उद्धार गर्ने स्थानीय चन्दर मुखियालाई कोसी गाउँपालीकाले  सम्मान गरेको छ । मानवताका निम्ति उनले खेलेको भूमिकाको उच्च प्रशंसासहित उनलाई सम्मान-पत्र सहित खादा ओढाएर मंगलबार एक कार्यक्रमका बीच गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले सम्मान गरेका हुन ।

कोसी ब्यारेज भई यात्रा गर्ने क्रममा दुर्घटनामा परी सप्तकोसी नदिमा डुब्न लागेका व्यक्तिलाई पटकपटक आफ्नो ज्यानको बाजी राखी बहादुरीपूर्ण तवरबाट उद्धार गर्न सफल भएको भन्दै गाउँपालीकाले मुखियालाई सम्मान गरेको हो ।

सम्मान पत्र खादा ओढाएर कोसी गाउँपालीका ऐयुब अन्सारी,कोसी ८ का अध्यक्ष बलराम क्षेत्रीय,बिओपी भण्टाबारीका डिएसपी भवराज कटवाल,ईलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज दुर्गापोमु लिम्बू,जीवानन्द झा,रामचन्द्र महतो,रामपृत मण्डल लगायतले सम्मान गरेका थिए । सम्मान पाएपछि भावुक हुँदै मुखियाले गाउँपालीका अध्यक्ष सहित सबैलाई धन्यवाद समेत दिए ।

– देवराजा यादवबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia