काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले राजीव गुरुङ ‘दीपक मनाङ्गे’ लाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै अध्यक्ष माधव नेपालले केन्द्रीय परिषद्मा मनाङ्गेसतित १७ सदस्य मनोनीत गरेको जनाएका छन् ।
मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र निर्वारोध निर्वाचित भएका मनाङ्गेले गत मंसिरमा नेकपा एस रोजेका थिए ।
यी हुन् मनाङ्गेसहित केन्द्रीय परिषदमा मनोनित सदस्य
१. चिरिञ्जीवी पाण्डे-स्याङ्जा
२. अच्युत पाण्डे-नुवाकोट
३. दिनेश रावल-पाल्पा
४. राजीव गुरुङ-मनाङ
५. नवराज अर्याल-धादिङ
६. समसुद्दिन सिद्धिकी-बाँके
७. भद्रप्रसाद देवकोटा-बाँके
८. हेमन्त रेग्मी-कैलाली
९. रमेशबाबु श्रेष्ठ-रामेछाप
१०. अमृतसागर बस्नेत-ओखलढुङ्गा
११. हरि खड्का-काभ्रे
१२. विकेश लामा-काभ्रे
१३. संग्राम लामा-काभ्रे
१४. पदम थापा-झापा
१५. सूर्य पाख्रिन-सिन्धुली
१६. भीमबहादुर-भारत प्रवास
१७. प्रा.डा. होमबहादुर बडुवाल–म्याग्दी