इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन्।

इंग्ल्यान्डको गुडिसन पार्कमा भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ गोलले पराजित गरेको छ। जितसँगै सिटी १८ खेलमा ३७ अंकसहित तालिकाको चौथो स्थानमा छ।

त्यसैगरी गए राति नै भएको खर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको छ। यो जितसँगै चेल्सी १९ खेलमा २५ अंकसहित तालिकाको दशौँ स्थानमा छ।

त्यसगरी अर्को खेलमा उल्भ्सले ब्रेन्टफोर्डलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। उल्भ्स १९ खेलमा २५ अंकसहित ११औँ स्थानमा छ।

अंकतालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अंक जोडेको छ। त्यसैगरी तेस्रो स्थानमा रहेको एस्टनभिल्लाको १९ खेलमा ३९ अंक जोडेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia