इटहरी । बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाउँदैछन्। ग्याल्पो ल्होसार प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइन्छ। ग्याल्पो ल्होसार मनाउन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउने गर्छन्।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरू हुन्छ। शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ।ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ।

ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो। समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाताहरू बताउँछन्।यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन्। विगतमा हिमाली क्षेत्रमा मनाइने ग्याल्पो ल्होसार अहिले देशैभरी मनाइन्छ।ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia