काठमाडौँ । काठमाडौँको कोटेश्वरमा ड्यूटीका बेला बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सई खत्रीको आइतबार मृत्यु भएको हो ।
यही फागुन २० गते उनलाई जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले कोटेश्वरमा ठक्कर दिएको थियो । ठक्कर दिने बसका चालक नवराज गिरीलाई पक्राउ गरी ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








