काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले महरालाई आज (सोमबार) रुपन्देहीबाट पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई प्रहरीले आजै विमानमार्फत काठमाडौं ल्याएको हो । उनलाई केही समय महराजगञ्जस्थित सीआईबी कार्यालयमा उपस्थित गराइएको थियो । त्यसपछि म्याद थपका लागि महरालाई सरकारी वकिलको कार्यालय लगिएको हो ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नौं चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । जसमा माओवादी उपाध्यक्ष महरासहित उनका छोरा राहुल र पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुनलगायतलाई कारबाही गर्न सिफारिस गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia