आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा विश्वासको मत लिने भएका छन् । बैठक बिहान ११ बजे बोलाइएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ ।

जनता समाजवादी पार्टी नेपाल विभाजनपछि सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । उपेन्द्र यादव नेतृत्वको दल विभाजनसम्बन्धी निर्णय कानुनी विवादमा परेकाले अशोक राई नेतृत्वको जसपाका सांसदले मत दिन पाउने कि नपाउने भन्ने बहस पनि राजनीतिक वृत्तमा छ । यादवले आइतबारै जसपा नेपालबाट अलग भएका ७ सांसदलाई विश्वासको मतदान प्रक्रियाबाट रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त रिटमाथि आजनै प्रारम्भिक सुनुवाइ हुँदैछ । सरकारको नेतृत्व गरेको १७ महिनाको बीचमा दाहालले चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia