काठमाडौं । लागूऔषध कोकिन सहित एक विदेशी महिला पक्राउ परेकी छन् । ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिन सहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन महिला बाथुमालाई भाडिभालु रहेकी छन् ।

होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
कोठाको खानतलासी गर्दा उनको साथमा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्राम कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ रहेको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia