बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएको देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताउनु भयाे ।

उहाँले ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ ।

तर, आज सन्तोष मान्न र खुसी भएर बस्ने अवस्था छैन ।

यस अवस्थालाई हामीले बदल्नै पर्ने छ भनेर भन्नु भयाे ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठरारुलाई सहजिकरण गर्ने पनि बताउनु भयाे ।

उहँले भन्नु भयाे ,‘सरकार अप्ठ्यारा खोज्ने होईन् अप्ठराहरुलाई सहजिकरण गर्ने समाधान खोज्ने तरिकामा छ ।

त्यसैले तपाईहरु यसमा ढुक्क हुनुभए हुन्छ ।’ भन्नु भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia