काठमाडौँ। ज्योतिषी तथा धार्मिक अभियन्ताको नामले चर्चित पुष्कर खतिवडा आफ्नै निवासबाटै प्रहरीले पक्राउ गरेको छ। सोमबार प्रहरीले खतिवडालाई पक्राउ गरेको हो।

मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।
उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिंड्छन् ।
प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो ।








