काठमाडौं। आजबाट जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक सुरु हुँदैछ ।

मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जनाइएको छ।

साउन ३० गते सम्म ललितपुरको सानागाउँ स्थित थसी बैंक्वेटमा बैठक चल्ने छ।

पहिचान र राष्ट्रिय÷जातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।

स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia