काठमाडौंबाट भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । सोमबार बिहान जहाजमा समस्या देखिएपछि बुद्ध एयरको ३५१ जहाजबाट सबै यात्रु ओरालिएको हो।

त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रु ओरालिएको जानकारी दिए।

जहाज बिहान साढे ७ बजे उड्ने तालिका थियो।

जहाज केही ढिला गरी बिहान ७:५० बजे उडानका लागि पार्किङस्थलबाट धावनमार्गतर्फ लागेको थियो। प्राविधिक समस्या देखिएपछि ‘ट्याक्सी वे’ मा ओरालिएका यात्रुहरूलाई बुद्धकै अर्को जहाजमा पठाउन लागिएको प्रवक्ता शेर्पाले जानकारी दिए।

जहाज पार्किङबाट मुख्य धावनमार्गतर्फ छिर्ने बाटोलाई ट्याक्सी वे भनिन्छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia