काठमाडौं। भक्तपुरको बालकोटमा सोमाबार बिहान भएको घटनामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृतक कुलप्रसाद आचार्यका जेठा छोरा मिलन आचार्य रहेका छन्।

प्रहरीका अनुसार अन्दाजी २५/२६ वर्षका उनलाई हत्याको आशंकामा पक्राउ गरेको हो। पक्राउ परेका उनले पनि आफूले हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
हिजो सोमबार बिहान भक्तपुरको बालकोटस्थित एक कोठामा चाबी लगाएको अवस्थामा खोटाङका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षका प्रविन आचार्य मृत फेला परेका थिए।
उनीहरूसँगै बस्ने कुलप्रसाद जेठा छोरा मिलन भने फरार थिए। उनीमाथि आशंका गरी प्रहरीले घटनालगत्तै खोजी कार्यलाई तीब्रता दिएको थियो।








