मंगलबार बिहानैबाट हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध भएको छ। हिमपात भएपछि हवाई सेवा प्रभावित भएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले बताए।
हिमपातका कारण नेपालगञ्जबाट सिमकोटका लागि हुने उडानहरु बन्द भएका हुन्। सिमकोट विमानस्थल हिमपातले सेताम्मे देखिएको छ। हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।









