मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बर्दियाको बढैयाता गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने बिनोद पौडेल पक्राउ परेका छन् ।

एनसीबी अबु मस्कट ओमानको समन्वयनमा उनलाई पक्राउ गरेर बुधबार नेपाल ल्याइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । उनीविरुद्ध गत महिना पुस १२ मा पक्राउ पुर्जी जारी भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीलाई पक्राउ परेका व्यक्तिको जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia