राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा विरोध जनाएको छ। हिउँदे अधिवेशनको पहिलो बैठक सुरू भएपछि कार्यसूचीमा प्रवेश गर्दा रास्वपाले आकस्मिक समय माग गरेको थियो।

सभामुख घिमिरेले समय नदिएपछि रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले आजको बैठकमा दलीय आधारमा बोल्ने कार्यसूची रहेको भन्दै पटकपटक बस्न आदेश गरेका थिए।

यद्यपि रास्वपा सांसदहरु नबसेपछि सभामुख कार्यसूचीअनुसार अगाडि बढेका छन्। सभामुख कार्यसूचीमा अगाडि बढेपछि रास्वपा सांसदहरूले नाराबाजी पनि गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia