गत शनिबार पोखरा महोत्सव उद्घाटनका क्रममा बेलुन पड्किएर आगो सल्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज भएका छन् ।कीर्तिपुर अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले पौडेललाई सोमबार डिस्चार्ज गरिएको बताए ।

पौडेलसँगै घाइते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उपचार जारी छ। पौडेल अस्पतालबाट डिस्चार्ज हुँदा दुवै हात र घाँटीमा ब्यान्डेज बाँधेर निस्किएका हुन् ।पोखरामा महोत्सव उद्घाटनका क्रममा बेलुनमा आगो लागेर पड्किँदा दुवै हात र घाँटीको केही भाग जलेको थियो ।

उक्त जलेको घाउको उपचारपछि उनी सोमबार दिउँसो डिस्चार्ज भएका हुन् । ‘उहाँहरू दुवै जनाको जलनको घाउ निको हुँदै गएको छ। फोक्सोमा कुनै खराब असर परेको देखिँदैन’, अस्पतालले भनेको छ, ‘त्यसकारण उपप्रधान तथा अर्थमन्त्री पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरिएको छ ।’

उच्च रक्तचापको समस्या झेलिरहेका मेयर आचार्य अझै केही दिन अस्पतालमै रहने भएका छन् ।‘मेयर आचार्यज्यूको पहिले देखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको छ’, उनले भने, ‘थप केही दिन उपचार हुने जानकारी गराइन्छ । मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न बन्द गरिएको छ ।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia