नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफैले पहल गरेर बनाएको वर्तमान सरकारले लोकतन्त्रलाई अप्ठ्यारोमा पारेको आरोप लगाएका छन्।मंगलबार पार्टीको भातृ संगठन नेपाल प्रेस युनियन शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उदघाटन सम्मेलनमा बोल्दै कोइरालाले आफूले नै सबैभन्दा धेरै पहल गरेर बनाएको नेकपा एमाले र नेपाली कांग्रेसको सरकारले नै देशलाई अप्ठ्यारोमा पारेको टिप्पणी गरेका हुन्।

‘मैले पहल गरेर बनेको सरकार जसरी चल्दैछ,संसद् छलेर अध्यादेश ल्याउने जमर्को गरिराखेको छ,त्यसले लोकतन्त्रलाई अप्ठेरोमा पारिरहेको छ’ उनले भने, ‘अध्यादेश राम्रो छ कि छैन, कस्तो छ भन्ने कुरा त्यो पछिको कुरा हो । संसद् आउनुभन्दा छ दिन पहिला अध्यादेश ल्याइन्छ । के कारणले अध्यादेश ल्याएको हो? अध्यादेश किन अर्जेन्सी पर्यो? भन्ने कुरामा सरकारले जवाफ दिन जरुरी छ।’

नेता कोइरालाले दुई दलीय संयन्त्र बनाएर देशभर अभ्यास गरिएको भन्दै आपत्ति जनाए। उनले दलीय संयन्त्र बनाएर शासन गर्ने कम्युनिष्ट शैलीले देश एमालेकरण हुन लागेको आरोप लगाए। उनले देशलाई एमालेकरण हुनबाट जोगाउन देशभरका कार्यकता एकजुट हुनुपर्ने र त्यसविरुद्ध खबरदारी गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia