भारत, ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युलाई लिएर न्यायको माग भइरहेको छ। यसबीच मृतकका बुबा सुनील लम्सालले छोरीलाई ब्ल्याकमेल गरिएको आरोप लगाएका छन्। सोहीकारण आफ्नी छोरीले आत्महत्या गरेको आरोप उनको छ।

पक्राउ परेका अभियुक्त नै यसको पछाडिको कारण भएको पनि उनको तर्क छ। ‘उसको भाइ पनि यहाँ अध्ययनरत छ, र उसले हिजो अघिल्लो दिनको घटनाको बारेमा हामीलाई जानकारी गराएको थियो। एक जनालाई पक्राउ गरिएको छ, र मलाई लाग्छ कि यो सबैको पछाडिको कारण उ नै हो। उसको फोन, ल्यापटप र डायरी फोरेन्सिक विभागलाई दिइएको छ। प्रहरी प्रशासन र सरकारले हामीलाई सहयोग गरिरहेको छ,’ उनले थपे।

त्यस्तै अनुसन्धानका लागि प्रहरीले प्रकृतिको मोबाइल, डायरी, ल्यापटप लगेर फरेन्सिक जाँच गराएको र अहिले पोष्टमर्टम भइरहेको पनि उनले बताए।‘हामीसँग यतिमात्रै सूचना छ कि दुर्व्यवहार र इमोशनल ब्ल्याकमेलिङ गरेकाले उसले आत्महत्या गरेकी हुन्। हामीलाई यतिमात्रै थाहा छ, अन्य कुरा केही पनि थाहा छैन,’ उनले भने, ‘एक जनालाई पक्राउ गरेको छ। अहिलेसम्म उसकै कारणले भएको भनिएको छ, अनुसन्धान भइरहेको छ। उक्त घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई फिर्ता जान भनेको विषयमा पनि आफूले थाहा पाएको र त्यसो गर्नु उचित नहुने पनि उनले बताए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia