राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारले हालै ल्याएका अध्यादेशहरू जनविरोधी तथा देश हितप्रतिकूल रहेको बताएका छन् । भूमि सम्बन्धी अध्यादेशले सार्वजनिक जग्गा, खोला, वन, निकुञ्ज, गौचर, हाटघाट, सडक छेउको जग्गा र बुट्यान क्षेत्रलाई अतिक्रमण गर्नेहरुलाई प्रोत्साहन गर्न खोजेको दाबी गरे ।उनले भ्रष्टाचार गर्न, कमिसन खान, सरकार नजिकका व्यक्तिहरू एवं ठुला रियल स्टेट व्यापारीहरूलाई फाइदा पुर्याउउने उद्देश्यले अध्यादेश ल्याइएको भन्दै उक्त कार्य आइएलओ–१६९, युएनड्रिप विपरित रहेको बताए ।

सबै अध्यक्ष महतोले एक विज्ञप्ति जारी गरी सहकारीसम्बन्धी अध्यादेशले पनि सहकारी संस्थाहरूको स्वायत्तता कम गरी सरकारी नियन्त्रण बढाउन केन्द्रित रहेको उल्लेख गरेका छन् । सहकारी ठगीमा संलग्न आफ्ना व्यक्तिहरूलाई चोख्याउने र उन्मुक्ति दिने कुत्सित नियत झनै खतरनाक रहेको उनको भनाइ छ । त्यस्तै आर्थिक तथा व्यवसायिकसम्बन्धी अध्यादेशले पर्यावरणीय मानकलाई कमजोर पारी प्राकृतिक स्रोतहरूको दोहन बढाउन केन्द्रित रहेको उल्लेख गर्दै उनले अध्यादेशले सरकारी संस्थानहरूको निजीकरण गरी सार्वजनिक सम्पत्तिहरू निजी हातमा पुर्या्उन केन्द्रित रहेको दाबी गरेका छन् ।

त्यसैगरी सामाजिक सञ्जालसम्बन्धी विधेयक आलोचनात्मक आवाजहरूलाई दबाउन केन्द्रित रहेको अध्यक्ष महतोले दाबी गरे । देश र जनताको सुख–दुःखभन्दा स्वार्थ समूहको सहजताका लागि संसद् बन्द गरेर चोर बाटोबाट आफू अनुकूल कानुन बनाएर संसदबाट पारित गराउन खोजिएको आरोप उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia