२६ फगुण।अमेरिकी संस्था नासाले मंगलग्रहमा पानी भएको पुष्टि गरेको छ । सौर्यमण्डलमा सूर्यदेखि समान दूरीमा रहेको एकमात्र ग्रह मंगलमा पानी भएको पुष्टि भएको हो ।
कतिपय कुरामा पृथ्वीसँग समान भएको मानिने मंगल ग्रहमा पानी र अन्य प्राणी भएको अनुमानका आधारमा दशकौंदेखि अन्तरिक्षशास्त्रीहरु खोजीमा छन् ।
नासाको रोबोटले पानीका धारीहरुको तस्वीर पृथ्वीमा पठाएका छन् । ४, ५ मिटर चौडा र २, ३ सय मीटर लामा यी धारहरुको तस्वीर पाइएपछि यसबारे झनै कौतुहलता बढेको छ । पानी र जीवनको निकट सम्बन्ध भएकोले पानी पाइएपछि प्राणीहरुका बारेमा समेत केही सुईंको पाउन सकिने वैज्ञानिकहरुले बताएका छन् ।
मंगलमा पाइएको पानी नूनिलो भएको उनीहरुले बताउँछन् । यसलाई पिउन योग्य भने मानिँदैन ।
वैज्ञानिकहरुका अनुसार, मंगलमा तापमान हरेक दिन परिवर्तन हुने गर्दछ । नासाले पानीको सतह खोज्ने अभियान तीब्र बनाएको छ ।








