भ्रष्टाचार अभियोग लागेका सप्तरीका तीन स्थानीय तहका प्रमुख निलम्बित
सप्तरी । भ्रष्टाचार अभियोग लागेपछि सप्तरीका तीनवटा स्थानीय तहका प्रमुख निलम्बनमा परेका छन्। राजविराज र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर गाउँपालिकाका प्रमुख निलम्बित भएका हुन्।
सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले उनीहरुलाई निलम्बित गरेको हो। गत साता विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव घुस काण्डमा पक्राउ गरेपछि उनी निलम्बनमा परेका हुन्।
राजविराज नगरपालिकाका मेयर भीमराज यादव...