आतङ्ककारी आक्रमणपछि पेरिसमा तीन सय नियन्त्रणमा
फ्रान्स, ७ मङ्सिर । पेरिसमा नोभेम्बर १३ मा भएको आतङ्ककारी आक्रमणपछि यहाँको सुरक्षाकर्मीले करिब ३०० शङ्कास्पद व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिई उनीहरुमाथि छानबिन बढाएको यहाँका प्रहरी प्रमुख मिसेल क्याडेटले सोमबार बताउनुभयो ।क्याडेटले सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा पेरिस आक्रमणमा सहभागी भएको आशङ्कामा २९८ मानिसलाई प्रशासनिक नियन्त्रणमा लिई छानबिन अगाडि बढाइएको बताउनुभयो ।यस्तै विभिन्न ७१ जनालाई...