अस्पतालको ताला फुटाउने एक पक्राउ
इनरुवा अस्पतालको गेटमा लगाएको ताला फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गयराती ८ बजेको समयमा इनरुवा अस्पतालको पूर्व तर्फको गेटमा लगाएको ताला फुटाउँदै गर्दा प्रहरीले स्थानीय मनोज यादवलाई पक्राउ गरेको हो ।
अस्पताल स्रोतका अनुसार यादवले गेटको ताला फुटाउँदै गर्दा रङगेहात पक्राउ परेका हुन् । यादवसँगै रहेका बब्लु भगत भने सोही बेला भागेको अस्पतालले जनाएको छ ।
इनरुवा अस्पतालका मेसु डा. स...












