चैत ५ गते स्ववियुको निर्वाचन, यस्तो छ निर्वाचन कार्यतालिका
काठमाडौँ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको प्रक्रिया त्रिभुवन विश्वविद्यालयले सुरु गरेको छ । निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ ।
त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।
त्रिविका आङ्गिक, सम्बन्धन प्राप्...












