अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित

अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित
अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी भएका छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् । थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो विजयप्रकाश सापकोटा पक्षधरका उम्मेदवार हुन् । उनीहरूको मतान्तर १८८ रहेको छ ।यस्तै ९ जना उपमहासचिवमा कोशी...

कांग्रेसको ‘नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरु

कांग्रेसको ‘नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरु
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा ‘नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरु भएको छ । सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउनेछन् र दुई दिनसम्म हुने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्र मार्फत साना तथा मझौला व्यवसाय सम्ब...

काठमाडौंबाट धनुषा आइरहेको बसमा एक जना यात्रु मृत भेटिए

काठमाडौंबाट धनुषा आइरहेको बसमा एक जना यात्रु मृत भेटिए
काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा एकजना यात्री मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् । काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा मृत फेला परेका हुन् । ढल्केबरमा सिटमै मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जनाएको छ। बस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

ललितपुरको किष्ट अस्पतालमा एक युवक मृत फेला

ललितपुरको किष्ट अस्पतालमा एक युवक मृत फेला
ललितपुरको किष्ट अस्पतालभित्रको शौचालयमा एक युवक मृत फेला परेका छन् । अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र ललितपुरको महालक्ष्मी नगरपालिका–८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावल सोमबार मृत फेला परेका हुन्। ललितपुर प्रहरीका अनुसार शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

स्रोत नखुलेको नगद ३९ लाख सहित एक जना पक्राउ

स्रोत नखुलेको नगद ३९ लाख सहित एक जना पक्राउ
काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए। कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।यस सम्बन्धमा जिल्...

ओमान बाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ

ओमान बाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बर्दियाको बढैयाता गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने बिनोद पौडेल पक्राउ परेका छन् । एनसीबी अबु मस्कट ओमानको समन्वयनमा उनलाई पक्राउ गरेर बुधबार नेपाल ल्याइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । उनीविरुद्ध गत महिना पुस १२ मा पक्राउ पुर्जी जारी भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय इन्टर...

हिउँ चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

हिउँ चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
हिउँ चितुवाको छाला र हड्डीसहित दुई जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले हिउँ चितुवाको छाला र हड्डीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। मंगलबार साँझ ५ बजेतिर भरतपुर-१० मालपोत चोक नजिकैबाट शंकास्पद व्यक्तिहरुलाई पच्छाउँदै जाँदा नियन्त्रणमा लिइएको संरक्षण अधिकृत अविनाश थापा मगरले जान...

सात वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

सात वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
बलात्कार मुद्दामा सात वर्ष कैद तोकिएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। रुपन्देहि जिल्लाको शुद्धोधन गाउँपालिका–२ का सोलिन्द्रर अहिरलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत बुटवल रूपन्देहीले बलात्कार मुद्दामा अहिरलाई २०७८/०९/०२ गते सात वर्ष कैद सजायको फैसला सुनाएको कपिलवस्तुका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए। इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको ...

रक्तचन्दन बरामद, दुई जना पक्राउ

रक्तचन्दन बरामद, दुई जना पक्राउ
रक्तचन्दनसहित काठमाडौंको पेप्सीकोलाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ का ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक घर भई पेप्सीकोला बस्दै आएका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिना रहेका छन्। रक्तचन्दन कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरू दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए। 'उनीहरूको साथबाट बोर...

घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु

घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु
घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर बझाङको थलारा गाउँपालिका–३ देवल निवासी राधिका जोशी (उपाध्याय)को मृत्यु भएको छ। सोमबार दिउँसो करिब १ बजे गाउँनजिकैको भगवती आधारभूत विद्यालय क्षेत्रमा घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएकी राधिका जोशीको (उपाध्याय)घटनास्थलमै मृत्यु भएको हो । आमाको मृत्यु भएपछि ४० दिने नाबालक र अढाई वर्षीय अर्का छोरा टुहुरो भएका छन्। पति कुलराज उपाध्याय गौमुल गाउ...
trusted online casino malaysia