माओवादी र काँग्रेसले लोभ र पाप जगाई सरकार परिवर्तन गरेको आरोप : पूर्वप्रधानमन्त्री ओली
२९ साउन, काठमाडौं / पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा कुनै पनि बेला भीषण आन्दोलन हुनसक्ने बताएका छन् ।पार्टी केन्द्रीय स्कुल विभागले शनिबार कठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा कुनै पनिबेला भीषण आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले त्यसका लागि अहिलेदेखि नै तयारी हालतमा रहन कार्यकर्तालाई आग्रह गरेका छन् ।
ओलीले माओवादी केन्द्र र नेपाली काँग्...










