खाडीबाट बर्सेनि ५ अर्ब भित्रिँदै
काठमाडौं,साउन ५ / मुलुकमा भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ। यो रकम करिब ४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ। खाडी राष्ट्रहरुमध्ये पनि साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यत्ति रकम आउने गरेको हो। विश्व बैंकको तथ्यांकअनुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै (करिब २९ प्रतिशत) कतारबाट आउँछ।
साउदी अरबबाट २६ दशमलब ५६, युना...











