बेपत्ता छोरी र नाति खोज्दै काठमाडाैं पुगे इलामका नारायण ढकाल
इलाम । ललितपुरमा बस्दै आएकी ४० वर्षीया निर्मला ढकाल सुवेदी (निरु) गएको चैत २३ देखि बेपत्ता छिन् । उनको खोजीका लागि प्रशासन, सामाजिक सञ्जाल र आफन्त समेत गुहारियो । तर हालसम्म उनलाई पत्ता लगाउन सकिएको छैन । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ इमाडोलमा श्रीमान चेतमणि सुवेदीसँग बस्दै आएृसरण्की निरु बेपत्ता भएकी हुन् । उनको साथमा पाँच वर्षीय छोरा चेन्ज सुवेदी समेत रहेका छन् । दुवै जना हाल परिवारको सम्प...












