इलाम महोत्सवः प्रमोद खरेलको कन्सर्टमा भागदौड मच्चिँदा दर्जनबढी घाइते
इलाम । इलाममा नयाँ वर्षको सन्दर्भ पारेर आयोजित महोत्सवमा प्रमोद खरेल सहभागी सांगीतिक कार्यक्रममा भागदौड मच्चिँदा करीब एक दर्जन दर्शक घाइते भएका छन् । इलामको टुंडिखेलमा शुक्रबार राती भएको सांगितिक कार्यक्रममा धेरै भीडभाड भएर गेटबाट छिर्ने क्रममा एक दर्जन व्यक्तिहरू घाइते भएका जनाइएको छ।
घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपाल...











