सुनकोसीमा बेपत्ता ३ बालबालिका खोज्न बिहानैबाट सशस्त्रको गोताखोर परिचालन
उदयपुर । आइतबार पौडी खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका तीनजना बालबालिका खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ।
आइतबार होली खेलेर सुनकोसीमा नुहाउन गएका उदयपुरको त्रियुगा नगरपालिका- १४ साउनेका तीन बालबालिका नदीमा बेपत्ता भएका थिए।
आइतबार राति अबेरसम्म सशस्त्र प्रहरी बल नम्बर ५ त्रियुगा गण उदयपुरले बालबालिकाकाे खाेजी गरेकाे थियाे। तर हिजाे राति अबेलासम्म खोजतलास गरे पनि बेपत्ता...












