शनिबार बन्द हुने इनरुवा बजारलाई मंगलबार सारिने
शनिबार बन्द रहने गरेको इनरुवा बजारको समय तालिका परिवर्तन हुने भएको छ । स्थानीय सरकारका रुपमा रहेको इनरुवा नगरपालिकाले बजार बन्दको तालिका परिवर्तन गर्न लागेको हो । इनरुवा नगरपालिकाको कार्यालयले शनिबारको साटो बजार तथा पसलहरु मंगलबार बन्द गर्ने गरी आवश्यक पहलको प्रकृया अघि बढाएको छ । शनिबार बन्द हुँदै आएको इनरुवा बजारलाई मंगलवार वा अन्य बार सार्ने भन्ने विषय छलफलको चरणमा रहेको इनरुवा नगरपालिकाले जनाए...












