रात्रिकालीन क्रिकेट: बिराटनगरले काठमाडौंलाई हरायो

रात्रिकालीन क्रिकेट: बिराटनगरले काठमाडौंलाई हरायो
इनरुवा/सुनसरीको इनरुवामा जारी रात्रिकालिन टि २० क्रिकेटको पछिल्लो खेलमा बिराटनगर बिजयी भएको छ । बिराटनगरले काठमाण्डौंलाई ३० रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको बिराटनगरले निर्धारित २० ओभरमा १ सय ६६ रन बनाएको थियो । कप्तान अजय राजवंशीको ६२ र श्रवण यादवको ३२ रन मद्दतमा बिराटनगर १ सय ६६ रन जोडेको थियो । १ सय ६७ रनको बिजयी लक्षसाथ मैदान ओर्लिएको काठमाण्डौं १ सय ३६ रनमा समेटिएको ...

यादव गोपाल सेवा समन्वय समितिले चाड पर्वको शुभकामना अदान प्रदान गर्ने

यादव गोपाल सेवा समन्वय समितिले चाड पर्वको शुभकामना अदान प्रदान गर्ने
इनरुवा । हालै गठित यादव गोपाल सेवा समन्वय समितिले दशैँ, तिहार र छठ पर्वको अवसर पारेर शुभकामना अदान प्रदान तथा जन निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम गर्ने भएको छ । समितिको बैठकले असोज २८ गते आईतबार नेपाल निर्माण व्याव्साय संघ सुनसरीको पहलमा सो कार्यक्रम गर्ने निर्णय गरेको सदस्य सचिव जयकृष्ण यादवले जानकारी दिए । बैठकले स्थानिय, प्रदेश र संघमा यादव समुदायबाट निर्वाचित जनप्रतिनि...

भाण्टावारीबाट चोरीको मोटरसाइकल सहित एकजना पक्राउ

भाण्टावारीबाट चोरीको मोटरसाइकल सहित एकजना पक्राउ
भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारी स्थित हनुमान मन्दिरबाट नेपाल प्रहरीले चोरीको मोटरसाइकल सहित एकजना लाई पक्राउ गरेको छ । आइतबार साझ सीमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साह सोनार नेतृत्वको प्रहरी टोलिले चेकजाँचको क्रममा चोरीको मोटरसाइकल सहित एकजना लाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा स.७ प.२५९२ नम्बरको निलो सेतो रङ्गको १ सय ५० सिसिको यहमा कम्पनीको एक जेड चो...

रात्रिकालीन क्रिकेट : उद्घाटन खेलमा बेलबारीले आयोजक फुलबारीलाई हरायो

रात्रिकालीन क्रिकेट : उद्घाटन खेलमा बेलबारीले आयोजक फुलबारीलाई हरायो
सुनसरी/प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा बेलबारी बिजयी भएको छ । बेलबारीले आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले पराजित गरेको छ । टस जितेर बेलबारीले फिल्डिङ गर्ने निर्णय गरेपछि आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा ब्याटिङमा उत्रिएको थियो । फुलबारीले उत्कृष्ठ सुरुवात गरेपनि निर्धारित २० ओभर खेल्दै १ सय ४१ रनको बिजयी लक्ष पेस गरेको थियो । फुलबारीका लागि गौतम शर्माले ५० रन बन...

नवयुगको १९ औ साधारण सभा सम्पन्न

नवयुगको १९ औ साधारण सभा सम्पन्न
नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को १९ औ साधारण सभा आज सम्पन्न भएको छ । सुनसरी सदरमुकाम इनरुवाको वडा नं ५ स्थीत नवयुग एकेडेमिको प्राङगणमा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दामोदर कोइरालाको प्रमुख आतिथ्यता र अन्जनि कुमार न्यौपानेको अध्यक्षतामा भएको सधारण सभामा अघिल्लो आर्थिक वर्षको आय–व्यय प्रस्तुत गरिएको थियो । उत्त कार्यक्रमा वडा नं ५ का वडा अध्यक्ष अन्जनि पोखरेल , पुर्व मेयर खेम...

विकासमा अन्तरिम आदेश बाधक भएको गुनासो

विकासमा अन्तरिम आदेश बाधक भएको गुनासो
इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका जनप्रतिनिधिहरुले सडक र बाटोको विस्तार गर्ने क्रममा केही ठाउँमा अदालतमा पक्षहरु गएको र त्यसबाट अन्तमि आदेश जारी भएकाले विकासको काममा बाधा सृजना भएको गुनासो गरेका छन् ।  देवानगञ्ज गाउँपालिकाका सरोकारबालाहरुसंग सेलर्ड सुनसरी र सुनसरी जिल्ला न्यायधिसहरुले गरेको अन्तरकृया कार्यक्रममा जनप्रतिनिधिहरुले त्यसतो गुनासो गरेका छन् । विभिन्न वडाहरुमा भ...

समुदायमा अदालत कार्यक्रममा न्याय र नयाँ कानुनको बारेमा सचेतना

समुदायमा अदालत कार्यक्रममा न्याय र नयाँ कानुनको बारेमा सचेतना
इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्रका सरोकारबालाहरुसंग जिल्ला न्यायधिसले अन्तरकृया गरेका छन् । हरिनगर गाउँपालिकामा जनतासंग अदालत कार्यक्रम गरि अदालतले न्याय सम्पादन गर्ने तरिका र नयाँ कानुनको बारेमा सरोकारबालाहरुलाई जानकारी गराएको छ । गाउँपालिकाका अध्यक्ष गफार अंसारीको अध्यक्षता र सुनसरी जिल्ला अदालतका प्रमुख न्यायधिस पुरुषोतम प्रसाद ढकालको प्रमुख आथित्यमा जनतासंग अदालत कार्यक्रम सम्पन्न भएको थि...

चाडपर्व लक्षित सुनसरीको सीमा क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष

चाडपर्व लक्षित सुनसरीको सीमा क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा चाडपर्व लाई लक्षित गरेर संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व नजिकिँदै जादा सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले संयुक्त नागरिक सहायता कक्ष स्थापना गरेको हो । भारतसंग सीमा जोडिएको सुनसरीको लौकही,भाण्टावारी,श्रीपुर सहितको बोर्डर आउट पोष्टहरुमा सशस्त्र प्रहरी बल र एसएसबीले संयुक्त रूपमा नागरिक सहायता कक्ष स्थापना गरेका ...

कोशी गाउँपालीकामा १ सय बढी जेष्ठ नागरिक सम्मानित

कोशी गाउँपालीकामा १ सय बढी जेष्ठ नागरिक सम्मानित
इनरुवा । सुनसरीको कोशी गाउँपालीकाले सय बढी जेष्ठ नागरिकहरु लाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालीकाले जेष्ठ नागरिकहरु लाई सम्मान गरेको हो । कोशी गाउँपालीका भित्र रहेको ८ वटै वार्डका ८० वर्ष माथिका जेष्ठ नागरिकहरु लाई गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनितादेवी यादव सहित सबै वार्ड वडाध्यक्षहरुले उनीहरूलाई सम्मान गरेका थिए । कोशी गाउँपालीका वार्ड नम्बर ६...

इनरुवामा आजबाट रात्रिकालीन क्रिकेट

इनरुवामा आजबाट रात्रिकालीन क्रिकेट
सुनसरीकाे इनरुवामा आजबाट रात्रीकालीन क्रिकेट सुरू हुँदैछ । फुलबारी क्रिकेट क्लब इनरूवाकाे अायाेजनामा हुन लागेकाे रात्रीकालीन क्रिकेट प्रतियाेगिता मुलुककै पहिलाे हाे । प्रतियोगितालाइ इनरूवा नगरपालिकाले प्रायाेजन गरेकाे छ । मेयर कप T20 प्रतियाेगिताकाे बारेमा पत्रकार सम्मेलन गरि अायाेजकले तयारी पूरा भएकाे जानकारी गराई सकेको छ । । इनरूवा खेल मैदानमा आज अायाेजक फुलबारी र बेलबारीबिच उद्घाटन खेल हुने...
trusted online casino malaysia